गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित,

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर, काठमाडौं ।
  • आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
  • गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

 

२१ मंसिर, काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो ।

गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो ।एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे । उनले १२ चौका र ५ छक्का नै प्रहार गरे । यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे । पोखराका अमेरिकन विकेटकिपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरे । उनले २० बलमै ५ चौका  र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकिय साझेदारी हो भने समग्रमा तेस्रो शतकिय साझेदारी हो । यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्स विरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको  नरको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र  हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए । गौस र दिनेशले त्यो साझेदारीको कीर्तिमान तोडेका हुन् । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए । यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे । दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए । सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र