राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १०, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् ।
  • राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन्  ।
  •   यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरू, बागमती प्रदेशसभा सदस्यहरू, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए  मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए ।

 

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् ।राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन्  ।  यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरू, बागमती प्रदेशसभा सदस्यहरू, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए 

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ । भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्णमन्दिरका साथै मुलुकभरका कृष्णमन्दिरहरुमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
सिन्धुली कारागारमा कैदीको मृत्यु
एमाले सचिवालय बैठक बस्दै
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन