नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको भन्दै अहेब विरुद्ध अख्तियारको मुद्दा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १४ मंसिर, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
  • अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

 

१४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगका अनुसार उनीविरुद्ध शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै आवश्यक छानबिनका लागि उजुरी परेको थियो ।

बोहराले काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोक्यासनल ट्रेनिङ, अफिस अफ द कन्ट्रोलर अफ इक्जामिनेस, भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसिस्टेन्ट तहको झुट्टा/नक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी परशुराम नगरपालिका-८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ११ भदौ २०७७ मा अहेब तहमा नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना
मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन : प्रचण्ड
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
रिष्ठ अभिनेता धर्मेवन्द्र अस्पतालबाट घर फर्किए
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
कैलालीमा बाढीले बगाएका २ जना महिलाको श*व फेला, एक जना अझै बेपत्ता
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक