कालीगण्डकी करिडोर : लमाए खोलामा पुल पुनर्निर्माण सुरु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर १३, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १३ मंसिर, पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा पर्ने लमाए खोलाले बगाएको मोटरेबल पुल पुनर्निर्माण सुरु गरिएको छ ।
  • स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो ।
  • कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी २०० दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए ।

 

१३ मंसिर, पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा पर्ने लमाए खोलाले बगाएको मोटरेबल पुल पुनर्निर्माण सुरु गरिएको छ ।

स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी २०० दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए । बाढीले पुलसँगै निर्माणस्थलमा रहेका सयौं बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो ।

पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुसदेखि निर्माण सुरु भएको थियो । ६० प्रतिशत काम सम्पन्न भएकोमा बाढीले टेवा पर्खालबाहेक सबै संरचनामा क्षति भएको थियो । २५ मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत पाँच करोड ८९ लाख ८९ हजार २७७ रुपैयाँ हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?