डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   राजधानीको बानेश्वरबाट १२ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
  •   आइतबार बिहान  ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।

 

राजधानीको बानेश्वरबाट १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  आइतबार बिहान  ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ।  सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?