उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध उजुरी, को हुन् ती ? के छ आरोप ?

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर ४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ मंसिर, काठमाडौं ।
  • मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ ।
  • आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

 

४ मंसिर, काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ । आयोगको तालिका अनुसार आज साँझ ५ बजेसम्म उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय छ ।

त्यसपछि ६ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशित हुने छ । त्यसपछि मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । सोही दिन अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका निर्वाचन आयोग छ । मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य घट्दा चाँदी बढ्यो
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
पहिरोले देशभर १३ वटा सडक अवरुद्ध
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृ*त्यु
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी