बारामा १२ वर्षीया बालिकाको बलात्कार
सारांश
- ३ मंसिर, सिमराःबाराको निजगढमा एक १२ वर्षीया बालिकाको बलात्कार भएको छ।
- निजगढ नगरपालिका-१३ मा आइतबार राती बालिकाको बलात्कार भएको हो।
- सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ।
३ मंसिर, सिमराःबाराको निजगढमा एक १२ वर्षीया बालिकाको बलात्कार भएको छ। निजगढ नगरपालिका-१३ मा आइतबार राती बालिकाको बलात्कार भएको हो।

सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ। बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन्।

बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ। बालिका बलात्कार गरेको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका पुरुष मकवानपुरको रहेको प्रहरीले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया