तीन सय किलो गाँजासहित कृषि फर्म सञ्चालक पक्राउ
सारांश
- २८ कात्तिक, प्रहरीले ३०७ किलोग्राम गाँजासहित सुनसरीमा एक कृषि फर्म सञ्चालकलाई पक्राउ गरेको छ ।
- धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट अवैध लागुऔषध गाँजा करिब ३०७ किलोग्रामसहित फर्म सञ्चालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- उक्त फर्ममा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी राईलाई पक्राउ गरेको हो ।

२८ कात्तिक, प्रहरीले ३०७ किलोग्राम गाँजासहित सुनसरीमा एक कृषि फर्म सञ्चालकलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट अवैध लागुऔषध गाँजा करिब ३०७ किलोग्रामसहित फर्म सञ्चालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त फर्ममा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी राईलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया