१४ किलो चाँदीसहित २ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

९ कात्तिक, काठमाडौं । १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो ।

सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो । महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?