श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २९ असोज , झापा ।
  • झापामा एक व्यक्तिले सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
  • अर्जुनधारा नगरपालिका–३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ।

 

२९ असोज , झापा । झापामा एक व्यक्तिले सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका–३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ।

४६ वर्षीय चौहानले धारिलो फलामको दाउले घाटीमा प्रहार गरेर कर्तव्य गरी फरार भएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको संयुक्त टोली संयुक्त खटिएको थियो । टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको हतियारसहित फेला पारेको थियो । चौहानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?