भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २२, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २२ असोज, रुपन्देहीको बुटवलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ ।
  • बुटवल उपमहानगरपालिका वडा नम्बर १३ भ्यू प्वाइन्टनजिकै लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा मोटरसाइकलचालक बुटवल उपमहान–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र मोटरसाइकलको पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवर छन् ।

 

२२ असोज, रुपन्देहीको बुटवलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ भ्यू प्वाइन्टनजिकै लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलचालक बुटवल उपमहान–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र मोटरसाइकलको पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवर छन् । रुपन्देही र पाल्पाको संगमस्थल बुटवलमाथि डाँडामा अवस्थित नुवाकोटबाट उनीहरू मंगलवार बिहान तल झर्दै थिए । सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?