मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन १४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १४ असोज, जनकपुरधाम ।
  • मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ ।
  • दुईजना बेपत्ता छन् ।

 

१४ असोज, जनकपुरधाम । मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । अन्य ८ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २–२ जना  र सप्तरीमा एकजनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार सर्लाही र पर्सामा गरेर दुईजना बेपत्ता भएका छन् ।

९ वटा चौपाया मरेका छन् । ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएको एसपी बोहराले बताए । यस्तै पाँचसयजना मानिस बाढी र डुबानबाट विस्थापित भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?