अधिकृत लामिछानेको मिलोमतोलमा सरकारी बजेटको दुरुपयोग

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • अमरेश कुमार पाण्डे  ११ असोज, बारा ।
  • बिश्रामपुर गाउँपालिका वार्ड नं १ खेखरिया गाउँमा सरकारी बजेटको दुरुपयोग र सार्वजनिक सम्पत्तिको निजीकरणले गाउँलाई अशान्तिको किनारमा पुर्‍याएको छ।
  • गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टो उर्फ जुबेर भाइको निर्देशनमा सरकारी बजेटबाट टावर लाइट जडान भएको थियो, तर सार्वजनिक जमिनमा राखिनुपर्ने यो लाइट अध्यक्षका नजिकका कार्यकर्ता जबाहिर शाह तेली र सोनालाल शाह तेलीको निजी जग्गामा राखिएको छ।

अमरेश कुमार पाण्डे 

११ असोज, बारा । बिश्रामपुर गाउँपालिका वार्ड नं १ खेखरिया गाउँमा सरकारी बजेटको दुरुपयोग र सार्वजनिक सम्पत्तिको निजीकरणले गाउँलाई अशान्तिको किनारमा पुर्‍याएको छ।

गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टो उर्फ जुबेर भाइको निर्देशनमा सरकारी बजेटबाट टावर लाइट जडान भएको थियो, तर सार्वजनिक जमिनमा राखिनुपर्ने यो लाइट अध्यक्षका नजिकका कार्यकर्ता जबाहिर शाह तेली र सोनालाल शाह तेलीको निजी जग्गामा राखिएको छ। यस घटनाले गाउँमा गहिरो विवादको स्थिति निम्त्याएको छ। गाउँलेहरूले उठाएको गम्भीर प्रश्न यो छ कि, सार्वजनिक बजेटले बनाइएको सम्पत्ति कसरी निजी स्वार्थका लागि प्रयोग गर्न सकिन्छ? सार्वजनिक जमिन हुँदाहुँदै, किन जुबेर भाइले आफ्ना नजिकका मानिसहरूको निजी सम्पत्ति जस्तै यो बत्ती राख्न दिए?


टावर लाइट जडान गरिएको तीन महिनामै बिग्रिएपछि पुनः मर्मत गरी बालिए पनि, यो लाइटलाई जबाहिर शाहले आफ्नो निजी सम्पत्ति भन्दै, गाउँलेहरूसँग बारम्बार झगडा गरिरहेको छ। जबाहिर शाहले गाउँलेहरूले बत्ती बाल्न खोज्दा “यो मेरो हो, कसैको बाउको होइन” भन्दै धम्की दिने गरेको गाउँलेहरूले बताएका छन्। स्थिति यति गम्भीर बनेको छ कि, गाउँलेहरू बत्ती प्रयोग गर्न जाँदा मर्न-मार्न तयार हुने चेतावनीसम्म दिन थालेका छन्। यसले गाउँमा सामाजिक विस्फोटको अवस्था सिर्जना हुने खतरा बढेको छ।

गाउँपालिकामा कुनै पनि काम गर्न जुबेर भाइका नजिकका आफन्त या आसेपासे नभएसम्म सम्भव नहुने गाउँलेहरूले गम्भीर आरोप लगाएका छन्। कुनै सर्भे बिना, परामर्श बिना, र बैठकको औपचारिक प्रक्रिया बिना कामहरू गरिँदै आएका छन्। प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले पनि आँखा चिम्लेर यस्ता अनियमित कामलाई समर्थन गरिरहेको बताइन्छ। लामिछाने र जुबेर भाइको मिलेमतोमा गाउँमा भ्रष्टाचारको जरा गहिरिँदै गएको देखिन्छ।


विश्रामपुरका सर्वसाधारणले अब आफ्नो गाउँपालिका र स्थानीय सरकारप्रति पूर्ण अविश्वास व्यक्त गर्न थालेका छन्। उनीहरूलाई लाग्न थालेको छ कि, यो सरकार उनीहरूको हितका लागि नभएर केही सीमित व्यक्तिहरूको स्वार्थ पूर्तिका लागि मात्र चलिरहेको छ।यदि तत्कालै यस प्रकरणमा सम्बन्धित निकायहरूले हस्तक्षेप नगरे, स्थिति बिग्रिएर ठूलो सामाजिक अशान्ति, मुडभेड र क्षति हुने निश्चित छ।

गाउँलेहरूले प्रहरी प्रशासन, अख्तियार र सम्बन्धित निकायलाई तत्कालै यसमा ध्यान दिन आग्रह गरेका छन्। यो गाउँको समस्या केवल स्थानीय मात्र नभएर राष्ट्रिय स्तरमा फैलिन सक्ने खतरा छ, जसले समग्र देशमै अशान्तिको संकेत दिन सक्छ। अहिलेको स्थितिलाई तत्काल नरोके ठूलो क्षति नहोस् भन्न सकिन्न।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहत शिक्षकहरु आज पनि विरोधमा
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ
रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
महाकाली नदीमा खसेर एक युवक बेपत्ता
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,