संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन ५, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   ५ असोज , नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयुँ गाउँपालिका– ३ घर भएका ६० वर्षीय टीकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।
  • मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसुर)को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो ।
  • अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

५ असोज , नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयुँ गाउँपालिका– ३ घर भएका ६० वर्षीय टीकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसुर)को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो ।अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरिरहेको अवस्थामा भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?