धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन २, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ असोज , काठमाडौं ।
  • पुनर्निर्माण भएको धरहरा सर्वसाधारणको लागि भोलिदेखि खुला गरिने भएको छ ।
  • संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागिएको हो ।

 

२ असोज , काठमाडौं । पुनर्निर्माण भएको धरहरा सर्वसाधारणको लागि भोलिदेखि खुला गरिने भएको छ । Worldlink adsसंविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागिएको हो । २७ भदौको मन्त्रिपरिषद् बैठकले धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । शहरी विकास मन्त्रालयले धरहरा चढ्न पाउने व्यवस्था गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजनालाई निर्देशन दिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ । धरहरा पूर्णरुपमा निर्माण सम्पन्न भइसकेको छैन । २०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ । यो आयोजना पुनर्निर्माण प्राधिकरणको समयसीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल