सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •   ३१ भदौ, काठमाडौँ।
  • नेपाली बजारमा आज फेरि सुनको मूल्यले अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।
  • विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ।

 

३१ भदौ, काठमाडौँ। नेपाली बजारमा आज फेरि सुनको मूल्यले अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७ हजार तीन सय रुपियाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ थियो।शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौ सय थियो। चाँदी आज तोलाको १५ रुपैयाँ बढेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?