श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १९ भदौ , काठमाडौं ।
  • नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ ।
  • नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको थियो ।

 

१९ भदौ , काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको थियो । यसअघि मंगलबार पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग ( २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले अब तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग(२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने
मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
सर्लाहीमा युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक पक्राउ