नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १७ भदौ , सर्लाही प्रहरीले नक्कली नोट बनाउँदै गरको अवस्थामा भारतीय सीमावर्ती क्षेत्रबाट आठ जनालाई पक्राउ गरेको छ।
  • भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  • पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका–१ कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राई छन्।

 

१७ भदौ , सर्लाही प्रहरीले नक्कली नोट बनाउँदै गरको अवस्थामा भारतीय सीमावर्ती क्षेत्रबाट आठ जनालाई पक्राउ गरेको छ। भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका–१ कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री, भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राई छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?