अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १२, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १२ भदौ , काठमाडौं ।
  • ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन्।
  • ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ।

 

१२ भदौ , काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ। ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ। मानव तस्करको प्रलोभनमा लाखौँ रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिँडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन्। ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ ।ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरूले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरूको सङ्ख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ। ब्राजिलले राहदानीवाहकलाई प्रवेश आज्ञा लिएको भए मात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दूतावासले उल्लेख गरेको छ। ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ। सोही परिवर्तित कानुनका कारण यस पटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन्। तस्करको प्रलोभनमा अमेरिका छिर्ने क्रममा ब्राजिल पुगेका उनीहरूलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?