आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २० साउन, काठमाडौं ।
  • प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
  • संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

२० साउन, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची रहेको छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ ।

बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नेछन् ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन
यस्तो छ तपाइको आजको राशिफल
एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पहिले बलिङ गर्दै नेपाल
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
यस्तो छ तपाइको आजको राशिफल
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने