विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ २७, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २७ माघ, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
  • विधान मस्यौदाको प्रस्तावमाथि छलफल गर्न आज ११ बजेपछि केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

विधान मस्यौदाको प्रस्तावमाथि छलफल गर्न आज ११ बजेपछि केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको हो । शुक्रबार मस्यौदा समितिमा संयोजक पम्फा भुसालसहितका सदस्यहरूले धारणा राखेका थिए । शनिबार स्थायी कमिटीका सदस्यहरूलाई विधानको मस्यौदामा लिखित सुझाव दिन पार्टीले निर्देश गरेको छ । स्थायी कमिटी बैठकपछि दुई दिन केन्द्रीय कमिटीको बैठक बसेर फागुन १ गतेदेखि शुरू हुने विधान सम्मेलनको लागि प्रस्ताव तयार गर्नेछ । स्थायी कमिटी र केन्द्रीय कमिटीले प्रस्ताव गरेपछि विधानलाई विधान सम्मेलनले अन्तिम रुप दिनेछ ।

मस्यौदा समितिले केन्द्रीय कमिटीसहितका पार्टी संरचना छरितो बनाउनुपर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । तर पार्टीमा नयाँलाई अवसर दिनुपर्ने, उमेरहद, पार्टीमा अवधि जस्ता विषयमा उपमहासचिव जनार्दन शर्माले पुरक प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली