त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र ५, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   ५ भदौ, काठमाडौं।
  •   शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।
  • केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।

 

५ भदौ, काठमाडौं।  शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको समेत बताएकी छिन् । उनले लेखेकी छिन्– ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको थियो । त्यसपछि उनले लेखेकी छिन्, यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु ।’ सुरक्षा जोखिमको कारण देखाउँदै अहिले विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायत पदाधिकारी बिदामा बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन देशको मुद्राको विनिमयदर कति?
टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट वनविरुद्ध भ्रष्टाचार मुद्दा
उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही