सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
सारांश
- २५ साउन, काठमाडौं।
- गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् ।
- मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् ।
२५ साउन, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् । मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् । उनी शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।
सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए ।पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो ।सो क्रममा शुक्रबार उनको शव भेटिएको प्रहरीले जनाएको छ ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया