सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण ७, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ७ साउन, काठमाडौँ ।
  • सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति देशभरका सहकारीको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
  • समितिको सोमबार बसेको बैठकले २९३ नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका तथा ४६० गाउँपालिकाबाट सहकारी संस्था सञ्चालनको विवरण संकलन गर्ने निर्णय गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

 

७ साउन, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति देशभरका सहकारीको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले २९३ नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका तथा ४६० गाउँपालिकाबाट सहकारी संस्था सञ्चालनको विवरण संकलन गर्ने निर्णय गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।यसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यथाशीघ्र उपलब्ध फाराम भरेर पठाउन विशेष निर्देशन पठाउने निर्णय भएको उनले बताएका छन् । नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विशेष छानबिन समितिसँग समन्वय एवं स्थानीय तहहरूसँग सहजीकरण र संयोजन गर्ने निर्णय समितिले गरेको छ । समितिले सोमबार संघीय मामिला मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव सुमन दाहाललगायतसँग छलफल गरेको हो।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल अध्यक्ष  लक्ष्मी पाण्डे, नेपाल नगरपालिका संघका महासचिव नरुलाल चौधरी, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिव  खिम थापा मगर सहभागी थिए । त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार लेखनाथ पोखरेल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक  कलानिधि देवकोटा र गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रम संयोजक प्रतिज्ञा न्यौपाने मिश्र छलफलमा सहभागी रहेका सभापति थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
कुलिङ पिरियडबारे एमालेको संशोधनमा कांग्रेसले दियो प्रष्टिकरण
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
अविरल वर्षा : ३० जनाको मृत्यु, ११ बेपत्ता
संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद
आज जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस
चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा