फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण ६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ६ साउन, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ ।
  • महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् ।

 

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ ।

महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् । वडा सदस्य चन्द्रमान तुलाधरले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको बताए । ‘संकटा मन्दिरनेर रहेको वडा कार्यालय अब यहीँ सडकबाट सञ्चालन हुन्छ, सिफारिसदेखि अन्य सबै काम यहाँबाट थालेका छौं,’ वडासदस्य तुलाधरले भने ।

उनले न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने बताए । काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ