मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ २७, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  •   २७ असार, जनकपुरधाम ।
  • मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ ।
  • बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए ।

 

२७ असार, जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे ।सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि ४/५ पटक छलफल भइसकेको र निकास ननिस्केकाले समय अभावको कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले बजेटमा कही कतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रहरुमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए । ‘मैले सुरुदेखि नै बजेटमा कही कतै गडबड छ भने उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी भेटिएकालाई कारबाही गर्छु भन्दै आएको छु । मैले कहिल्यै पनि भनेको छैन छानबिन गर्दिन’, मुख्यमन्त्री सिंहले भने ‘क्षेत्रहरुमा बजेट असन्तुलित भएको गुनासो आएको त्यसलाई पनि आगामी दिनमा सन्तुलित गर्ने प्रयास गर्छु ।’

योसँगै मधेश प्रदेशसभाको जसपाको अवरोध हटेको छ । बिहीबार आगामी आर्थिक वर्षको आयव्यय र राजश्व अनुमानमाथि छलपल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?