मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ ९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ९ असार, हेटौंडा।
  • मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ ।
  • शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए ।

 

९ असार, हेटौंडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ-७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए ।  मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको वडाध्यक्ष चेपाङले बताए ।

चेपाङ समुदाय छाक टार्नकै लागि च्याउ, वन तरूल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गरेका छन् । जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेका छन् । शनिबार राति नै स्वास्थ्य समस्या आए पनि आफूलाई आज १२ बजे मात्रै खबर आएको वडाध्यक्ष चेपाङले बताए । भौगोलिक रूपले विकट राक्सिराङमा पातलो गाउँ, टेलिकम सेवा र यातायात सञ्जालको सहज पहुँच नहुँदा बिरामीहरूले समयमै उपचार नपाउँदा ज्‍यान जाने जोखिम बढेको छ ।

राक्सिराङ गाउँपालिकामा स्वास्थ्य तथा शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको गैरसरकारी संस्था निशा हसमालया इभी र दीगो विकासका लागि एकता नेपालले परिवारकै उपचारको जिम्मा लिएको छ । उनीहरूको सबै उपचार खर्च व्यहोर्ने परियोजना व्यवस्थापक अनिल पौडलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
लहानमा आधुनिक तरकारी बजार
निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
एक लाख १५ हजार नगदसहित १२ जुवाडे पक्राउ