एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ७ असार, काठमाडौं ।
  • नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।
  • पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

 

७ असार, काठमाडौं ।नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।

पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको छ । यस्तै, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई,  सचिवमा कृष्णराज पन्त छन्।कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसायही असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको भावी नीति तथा कार्यक्रम घोषणाका साथै नयाँ नेतृत्व चयन गर्नेछ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट छुट्टिएको पार्टीले आसन्न महाधिवेशनलाई १० औँ राष्ट्रिय महाधिवेशन भनेको छ ।आफूलाई २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई १० औं मानेको तर्क गरेको छ ।द शर्मा र सविता अर्याल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
आज विवाह पञ्चमी, राम र सीताको विवाह महोत्सव मनाइँदै
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत