अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १५ जेठ, काठमाडौं ।
  •   नेकपा माओवादी केन्द्रका वरीष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलमलगायतलाई उच्च अदालत विरगन्जले  गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंक भएको टिप्पणी गरेका छन् ।
  • उपाध्यक्ष श्रेष्ठले भनेका छन्– ‘ हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ।

१५ जेठ, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका वरीष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलमलगायतलाई उच्च अदालत विरगन्जले  गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंक भएको टिप्पणी गरेका छन् । उपाध्यक्ष श्रेष्ठले भनेका छन्– ‘

हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ।’ उनले कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने “बहादुर” न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने पनि बताएका छन्।

उनले थपेका छन्, ‘कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ रु यसको जिम्मेवारी कसले लिने रु तसर्थ सबै क्षेत्रमा व्यापक कारबाही, रूपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ