​संसदीय छानबिन समितिको कार्यादेशमा सहमति खोज्न बालुवाटारमा शीर्ष नेताको बैठक

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ११, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा शुरू भएको छ ।
  • संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शीर्ष नेतासँग छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएका हुन् ।

 

११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा शुरू भएको छ ।

संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शीर्ष नेतासँग छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बर्तौला, कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, माओवादीका हितराज पाण्डेलगायतका नेताहरू सहभागी छन् । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको विषय पेचिलो बन्दै जाँदै संसद् बैठक नै प्रभावित भएको छ ।

संसद् प्रभावित हुँदा सरकारको नीति कार्यक्रम र बजेट पनि प्रभावित हुने देखिएको छ । यसैले समिति गठनमा कार्यदलले गरिरहेको होमवर्क, संसद्को गतिरोध अन्त्यसहितका विषयमा छलफल गर्न प्रधानमन्त्रीले शीर्ष नेतालाई बालुवाटार बोलाएका हुन् । समिति गठनको गाँठो नफुक्दा शुक्रबार पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
एमालेको सचिवालय बैठक आज बस्दै