त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ वैशाख, काठमाडौँ ।
  • त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।
  • विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।

२७ वैशाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।

विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए ।विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा डा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा डा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
सबै नेता उस्तै हो भन्नु गलत हो : प्रचण्ड दाहाल
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न