महोत्तरीकाे एक वस्तीमा भीषण आगलागी, १५० बढी घरगोठ जले

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १२, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • १२ वैशाख, महोत्तरी।
  •  महोत्तरीको मठिहानी नगरपालिका- ६ जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।
  • आगलागी हुँदा हालसम्म एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।

१२ वैशाख, महोत्तरी। महोत्तरीको मठिहानी नगरपालिका- ६ जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।

आगलागी हुँदा हालसम्म एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् । बुधबार दिउँसो १ बजे लागेको आगो हावा चलेका कारण तीव्र गतिमा फैलिएको थियो । अहिले पनि उक्त आगलागी नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणमा लिन मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका,जनकपुर उप-महानगरपालिका,क्षीरेश्वरनाथ नगरपालिका, गौशाला नगरपालिका प्रदेश प्रहरी कार्यालय मधेस प्रदेश लगायतका बारुणयन्त्र परिचालन गरिएको छ ।

यसैगरी बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेडक्रस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु आगो नियन्त्रणमा लिन प्रयत्नरत रहेको जनाइएको छ । आगलागीबाट पशुचौपायाको ठूलो क्षति भएको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आकाश ताक्दै किसानः महोत्तरीमा हालसम्म ३५ प्रतिशतमात्र रोपाइँ
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
रास्वपालाई प्रचण्डले सोधे : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?
बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै