बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १ चैत, सर्लाही ।
  •  अमलेश शर्मा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • हिजो शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.

 

१ चैत, सर्लाही ।  अमलेश शर्मा

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बससहित चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरुडाको तरकारी बजारमा आगोलागी
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो