कपनबाट पेस्तोलसहित एकजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १६, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ चैत, काठमाडौँ ।
  • नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो।
१६ चैत, काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ। पक्राउ परेका लिम्बूसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरियामा हिंसाका कारण २ दिनमा हजार भन्दा बढीको मृत्यु
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
आगलागी हुँदा पाँच जनाको मृत्यु
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही