पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र १४, २०८०
|
|
११ पटक हेरिएको
Shares

सारांश

  • १४ चैत, काठमाडौं ।
  • पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् ।
  • आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए ।

१४ चैत, काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् ।

आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए ।

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । ‘उहाँहरूले स्पष्टीकरण सोध्नुभएको थियो, मैले राजीनामा दिएको छु’ खरेलले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?