ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ १६, २०८०
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • १६ माघ, धनगढी।
  •  सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ ।
  • बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन्।

१६ माघ, धनगढी। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ ।

बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन्। मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन्। मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले उजुरी आएको पुष्टि गरे। यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्। ‘मेरो कारोबार भएको छैन। मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’, उनले भने।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ