काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ १४, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १४ माघ, काठमाडौं ।
  • काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ ।
  • पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।

१४ माघ, काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ । कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।

‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने । स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री कुलमान घिसिङको निर्देशन
धनकुटामा ८ सय ९० किलो गाँजा बोकेको सवारीसहित १ जना पक्राउ
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक