ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष ११, २०८०
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ११ पुस, काठमाडौँ ।
  • इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।

११ पुस, काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका – १० स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जिसीले प्रतिवादी केसी संलग्न भएको भ्रष्टाचार मुद्दामा बकपत्र गर्दा फरक बयान दिएका थिए । आयोगले जिसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा १८ लाख रुपैयाँ बिगो र कैद सजायको मागदावी लिएको छ । सिंहले नै सुन छुटाइदिन माग गर्दै डिएसपी केसीलाई १८ लाख रुपैयाँ बुझाएका थिए । प्रहरी महानिरीक्षकको सचिवालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले डिएसपी केसीलाई २०७९ पुस १० गते राति ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधिर यादवलाई केन्द्रीय मान्यता
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान