क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १४, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • १४ साउन, काठमाडौं ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन दोस्रोपटक आह्वान गरेको छ।
  • गत चैतमा क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको थियो ।

१४ साउन, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन दोस्रोपटक आह्वान गरेको छ। गत चैतमा क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि आवेदन खुलाइएको क्यानले जनाएको छ ।

‘त्यसबेला २१ दिनको म्याद थियो, तर कुनै पनि आवेदन प्राप्त नभएपछि फेरि खुलाएका हौं’ क्यानका प्रवक्ता छुम्बी लामाले बताए । प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम रू. २ करोड तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसमा प्रत्येक वर्ष १०% वृद्धि हुनेछ।

आवेदन दिन इच्छुक कम्पनीहरूका लागि नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्डहरू मात्र योग्य हुने र प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ। आवेदनको अन्तिम मिति साउन १९ गते बिहान ११:०० बजेसम्म मात्र रहेको छ। प्रस्ताव हार्डकपीमा मुलपानीस्थित क्यानको कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
एमालेको सचिवालय बैठक सुरु
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २१ जना पक्राउ
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको प्रचण्डको आरोप
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ