भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
सारांश
- ३ पुस, काठमाडौं ।
- ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।
- आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो ।
३ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।
आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया