चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चिकित्सकको विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
  • उनले बढ्दो विदेशिने क्रमलाई रोक्न सम्वन्धित पक्षले उपयुक्त कदम चाल्नु पर्नेमा जोड दिएका छन् ।

 

२४ वैशाख, काठमाडौं ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चिकित्सकको विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् । उनले बढ्दो विदेशिने क्रमलाई रोक्न सम्वन्धित पक्षले उपयुक्त कदम चाल्नु पर्नेमा जोड दिएका छन् ।

मंगलबार काठमाडौँमा आयोजना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति पौडेलले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बताए । उनले चिकित्सकहरु विदेशिने क्रम बढ्नु मा पनि त्यो एउटा कारण हुन सक्ने भन्दै चिन्ताको विषय भएको बताए । उनले भने, यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु ।’ राष्ट्रपति पौडेलले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्न पनि सुझाब दिएका छन् । ‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गरेको छ।संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान

केन्द्रित हुनुपर्छ,’उनले भने, ‘राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्म अनुसार हो। संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरुले यो पेशालाई सेवा भावको दृष्टिले हेर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’ राष्ट्रपति पौडेलले न्याम्सले हालसम्म गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा सेवा र चिकित्सा क्षेत्रमा थप सेवा विस्तार गर्न पनि सुझाब दिए। उनले नवप्रवर्दन र अनुसन्धानलाई प्रोत्साहन गर्न न्याम्सले निरन्तर सहयोग प्राप्त गरिरहन्छ भन्नेमा विश्वस्त रहेको पनि बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो २० वर्षमा नेपाल मेडिकल काउन्सिलमा चिकित्सकको संख्या ४ गुणा बढी दर्ता भएको देखिएको भन्दै तर त्यो जनशक्ति कहाँ छ भन्ने विषय मुख्य रहेको बताए । उनले जनशक्ति उत्पादनसंग उनीहरुलाई स्वदेशमै टिकाउनु अहिलेको चुनौती रहेको भन्दै उनीहरुलाई प्रोत्साहन तथा उन्नयनका बाटाहरुमा सहजीकरण गर्ने स्थिति निर्माण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले न्याम्सको स्थापना पछि यसले देशको स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको चर्चा गरे । त्यस्तै शिक्षाध्यक्ष डा लोचन कार्कीले न्याम्सको शैक्षिक कार्यक्रम बारेमा जानकारी दिएका थिए । यस्तै वीर अस्पतालका निर्देशक डा दिलिप शर्माले वीरले दिएको उपचार सेवाका बारेमा जानकारी दिएका थिए । सोही अवसरमा न्याम्स अन्र्तगतका विभागहरुमा धेरै अध्ययन अनुसन्धान गर्ने बालरोग विभागका सह प्राध्यापक डा.रामहरि चापागाईलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट न्याम्स हेल्थ रिसर्च अवार्ड २०२५ बाट सम्मान गरिएको थियो । डा.चापागाई कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
रेलेखोला जलविद्युत आयोजना निर्माण
कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
प्रमुख ५ दलका सचेतकहरूसँग सभामुखको छलफल जारी
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु