धनुषामा एक व्यक्ति मृत फेला

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २१, २०८०
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २२ मंसिर, जनकपुरधाम ।
  • धनुषामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
  • सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत भेटिएका हुन् ।

२२ मंसिर, जनकपुरधाम । धनुषामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइका अनुसार दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका थिए । उनी त्यहीँ मृत फेला परेको प्रहरीको भनाइ छ । रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उक्त घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौलागाइले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?