विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर २०, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २० मंसिर, विराटनगर।
  • मोरङको विराटनगरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।
  • विराटनगरको सातघुम्ती चोकमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो।

२० मंसिर, विराटनगर। मोरङको विराटनगरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।

विराटनगरको सातघुम्ती चोकमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। विराटनगर ७  उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने २ जनाको उपचार भईरहेको छ । आगलागीको कारण नखुलेको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार विराटनगर महानगरका २ वटा दमकल, सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?