माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर ६, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ६ मंसिर, काठमाडौं ।
  • नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न अध्यक्ष डा.
  • बाबुराम भट्टराईको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

६ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा ६ सदस्यीय एकता संयोजन समिति बनाउने निर्णय गरेको हो । बृहत समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाएको छ ।

यस्तै, संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।यस्तै, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गदै भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
दाङमा चार महिनामा २६३ उद्योग–व्यवसाय बन्द
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु