राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- १४ कर्तिक, काठमाडौँ ।
- सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।
- बैठक आज अपराह्न पौने पाँच बजे सुरु हुनेछ ।
१४ कर्तिक, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।
बैठक आज अपराह्न पौने पाँच बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९-८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, तेत्तिसौँ वार्षिक प्रतिवेदन आ.व. २०७९-८० प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (४) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।त्यसअघि आजै बस्ने संसदको संयुक्त बैठकलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया