पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन १३, २०८०
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १३ असोज, काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
  • शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

१३ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?