कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन १०, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १० असोज, हान्झाउ (चीन) ।
  • चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।
  • कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।

१० असोज, हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।

कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो । हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे । यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे । ७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
मुगुमा एकै परिवारका ४ जनाको हत्या
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
सर्लाहीको गेस्ट हाउसमा भारतीय महिलाको झुण्डिएको अवस्थामा शव फेला
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु