तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, काठमाडौं ।
  • सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति जनाएका छन् ।
  • सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह गरे ।

 

१६ वैशाख, काठमाडौं ।

सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति जनाएका छन् । सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह गरे । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने, ‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ ।

म सोध्न चाहन्छु, तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ?’ तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै उनले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए । आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो बनेका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानी निजी स्वार्थमा प्रयोग गर्ने । आज संघसंस्थाहरू लुटको अखडा बनेका छन् । पुष्पलाल र मदन भण्डारी भएको भए यसरी सामाजिक संस्था कब्जा गर्ने थिएनन्,’ उनले थपे, तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीलाई कानुन थाहा छैन भने थाहा दिनु पर्‍यो, नभए खारेज गर्नुपर्‍यो ।’ सांसद साहले जनताको रगत–पसिनाको करोडौं रकम दुरुपयोग हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै मतियार बनेको आरोप लगाउँदै न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरे ।

उनले तुलसीलाल स्मृति प्रतिष्ठान भाडामा दिन मिल्ने भए एमालेले दिएभन्दा बढी भाडा दिन आफ्नो पार्टी तयार रहेको भन्दै आफूलाई दिन माग गरे । ‘हाम्रो पार्टी आम जनता पार्टीले पनि घर भाडा खोजिरहेको छ । म एमालेले भन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्‍यो । हैन र सामाजिक संस्था हो भने त्यसको मर्यादा भुल्न भएन,’ उनले भने । ‘हाम्रो पार्टी आम जनता पार्टीले पनि घर भाडा खोजिरहेको छ । म एमालेले भन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्‍यो । हैन र सामाजिक संस्था हो भने त्यसको मर्यादा भुल्न भएन,’ उनले भने । २०७२ को भूकम्पले एमालेको पार्टी कार्यालय भत्काएको चर्चा गर्दै लाखौं कार्यकर्ता भएको पार्टीले आफ्नै पौरखमा पार्टि कार्यालय बनाउनसुझाव दिए । ‘कहिले पासाङ ल्हामु शेर्पाको कार्यालय कब्जा गर्ने, कहिले तुलसीलाल स्मृति प्रतिष्ठानको भवन कब्जा गर्ने, कहिले व्यापारीको शरणमा पुग्ने गरिहनुभन्दा आफ्नो पार्टी आफैंले बनाउँदा कार्यकर्ताको पनि गरिमा जोगिन्थ्यो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ