संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ १६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १५ जेठ, काठमाडौं ।
  • सभामुख देवराज घिमिरेले संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफलको तयारी गरेका छन्।
  •  प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्।

१५ जेठ, काठमाडौं ।

सभामुख देवराज घिमिरेले संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफलको तयारी गरेका छन्। प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्।

सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बाेलाएका छन्। त्यसैगरि उनले मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारमा बस्नेछ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?