मधेस सरकार गठनविरूद्ध आज पनि सांसदहरू धर्नामा

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २६ कात्तिक, काठमाडौं।
  • मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्।
  • मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्।

२६ कात्तिक, काठमाडौं।

मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्। मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ।

नेपाली कांग्रेसफ जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद सहितका कार्यकर्ताहरू आन्दोलनमा छन्। मङ्गलबार साँझ नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले भित्र पदभार ग्रहण गर्न गएको बेला बाहिर प्रदर्शन चर्किएको थियो । त्यस क्रममा प्रहरीको लाठी चार्जबाट १७ जना प्रदर्शनकारी घाइते भएका थिए। घटनाको विरोधमा सात दलीय गठबन्धनले आजदेखि आन्दोलनको घोषणा समेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?